-कुलचन्द्र गौतम
संयुक्त राष्ट्रसंघीय महासभाको अध्यक्षका निम्ति नेपालले दिएको उम्मेदवारी असफल भए पनि सम्मानजनक र उपयोगी अनुभव सावित भएको छ । चुनावमा नेपाल पराजित भए पनि यसबारे काठमाडौं र न्यूयोर्कमा प्राप्त प्रतिक्रिया निकै फरक थियो । काठमाडौंमा उम्मेदवारी नदिएको भए हुन्थ्यो वा उम्मेदवारै ठीक नभएकोजस्ता आलोचनात्मक धारणा आएका छन् । चुनावमा पराजित भएर नेपालको वेइज्जत भएको भन्ने विचार पनि व्यक्त भए । न्यूयोर्क र धेरै एसियाली राजधानीमा त्यस विपरित हाम्रो स्वाभिमानी र सिद्धान्तनिष्ठ उम्मेदवारीले सकारात्मक प्रभाव परेको भन्ने धारणा छ ।
एसियाका ५३ मुलुकमध्ये कतार अन्तर्राष्ट्रिय मञ्चमा हुने चुनावमा सबैभन्दा सफल भइरहेको छ । विश्वकप फुटबल आयोजनाका निम्ति अमेरिका, कोरिया, जापान, अष्ट्रेलियाजस्ता मुलुकलाई हराएर उसले २०२२ को आयोजक बन्ने मौका पाएको छ । कतारजस्तो सानो र गर्मी हुने देशले कसरी विश्वकप फुटबल आयोजना गर्लार भन्नेहरूलाई समेत उसले आयोजक बनेर जवाफ दिन भ्याएको छ । गएको दशकमा कतारले राष्ट्रसंघमा ४१ वटा राष्ट्रसंघीय पद, सम्मेलन आयोजकलगायतमा प्रतिस्पर्धा गर्दा सबैमा विजयी भएको छ । महासभाको अध्यक्ष उसको ४२ औं प्रतिस्पर्धा थियो र उसले त्यसमासमेत सफलता प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा हुने चुनावमा यति खरो उत्रिसकेको कतारसाग नेपाल कति टिक्ला र ? भन्ने धेरैलाई थियो । नेपाल आफैं कति गम्भीरतापूर्वक उम्मेदवार बनेको हो भन्ने समेतमा द्विविधा थियो । अझ नेपालले तुरुन्तै उम्मेदवारी फिर्ता लिन्छ भन्ने पनि व्यापक हल्ला थियो । अन्तिम समयसम्म तर्कसंगतरुपमा प्रतिस्पर्धा गरेपछि नेपालको इज्जत बढेको छ । चुनावपछि संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य र मैले हामीलाई प्रत्यक्ष/परोक्ष सहयोग गर्ने कतिपय देशका राजदूतलाई धन्यवाद दिने क्रममा भेटेका थियौं । उनीहरूले नेपालको उम्मेदवारीको प्रशंसा गर्दै भने, ‘मत गणनामा तपाईंहरू पराजित भए पनि नैतिकरुपमा विजयी हुनु भएको छ ।’
यो पदका निम्ति नेपाल उपयुक्त छ भन्ने हाम्रो तर्कको कसैले पनि खण्डन गर्न सकेको थिएन । बरु कतारको तर्क विश्वसनीय र सशक्त थिएन । यस अर्थमा पनि नेपालले गौरव गर्न सक्छ । अरु देशका प्रतिनिधिहरूले नेपालले उठाएका मुद्दा जायज र सशक्त भएको बताए । काठमाडौंमा भने निकै फरक प्रतिक्रिया पायौं । यहाा चुनावपछिको विश्लेषणमा हाम्रा कमजोरीबारे धेरै कुरा भए, सकारात्मक पक्ष पूरै ओझेलमा परे ।
हामीले राष्ट्रको उम्मेदवारी सन् २००१ मै दिएको हो । व्यक्तिको उम्मेदवारी मात्र जुलाई २०१० मा तोकिएको हो । देशको हिसाबले कतारको उम्मेदवारी हाम्रोभन्दा ढिलो भए पनि व्यक्तिको उम्मेदवारी हामीभन्दा अगाडि फेब्रुअरीमा परेको थियो । हाम्रो उम्मेदवारी चुनावभन्दा ५/६ महिना अगाडिमात्र परेको हो । उनीहरूलाई आफ्नो उम्मेदवारीबारे प्रचार गर्ने लामो समय भयो । कतारका उम्मेदवार न्यूयोर्कमै बस्ने भएकोले दैनिक रुपमा मतदाताहरूसाग पुग्न सक्थे । म यहाा बस्ने भएकोले दैनिक भेट गर्ने स्थिति थिएन ।
अगष्टको सुरुमा विभिन्न देशलाई पत्र पठायौं । सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा राष्ट्रसंघमा भाग लिन जाने भन्ने थियो, पछि कार्यक्रम परिवर्तन भएपछि भीम रावल जानुभयो । त्यो बेला म पनि सागै गएा । उहाँले नेपालको उम्मेदवारी र उम्मेदवारलाई महासभामै प्रस्तुत गर्नुभयो । केही राज्यप्रमुख र परराष्ट्रमन्त्रीहरूसाग समेत भेट भयो । रावलले घोषणा गर्दा बल्ल नेपाल पनि साँच्चिकै उम्मेदवार भएको भन्ने धेरैले थाहा पाए । त्यसपछि मात्र उनीहरूले नेपालको उम्मेदवारीलाई गम्भीरतापूर्वक लिए । कतारको उम्मेदवारीलाई भने पहिल्यै गम्भीरतापूर्वक लिइसकिएको थियो ।
कतारले धेरै देशका राजधानीमा लबिङ गरिसकेको थियो । नेपालले न्यूयोर्कमा आएर उम्मेदवारी घोषणा गर्यो अनि त्यतिकै छोड्यो भन्ने होला भनेर म मध्य-नोभेम्बरमा न्यूयोर्क गएा । मैले त्यहाँ एक महिना बसेर ५३ देशमध्ये ४७ देशका राजदूतलाई भेट्दा नेपाल त गम्भीर उम्मेदवार रहेछ भन्ने पर्यो । एसियाबाहेककका १०/१२ देशका राजदूत, संयुक्त राष्ट्रसंघका स्थायी सदस्य मुलुक फ्रान्स, चीन, रुस, बेलायत र अमेरिका र अन्य मुलुकका राजदूतलाई समेत भेटेर हाम्रो उम्मेदवारीको आधार र औचित्य प्रस्तुत गर्यौं । त्यसले हाम्रो पक्षमा माहोल निकै सकारात्मकरुपमा बदलियो ।
यसपटक नेपाल किन भन्ने हाम्रा चार/पाँचवटा तर्क थिए । नेपालले राष्ट्र संघको सदस्यता लिए यताका ५५ वर्षमा राम्रो भूमिका निर्वाह गरेको छ । नेपाल राष्ट्रसंघीय शान्ति मिसनामा छैठौं ठूलो योगदानकर्ता मुलुक हो । राष्ट्रसंघीय विभिन्न निकायमा नेपालको प्रभावकारी सहभागिता रहेको छ । प्रत्येक पाँच वर्षमा क्षेत्रीयरुपमा महासभाका लागि आलोपालो प्रतिनिधित्व हुन्छ । क्षेत्रीयरुपमा आलोपालो हुादा पश्चिम र दक्षिणपूर्व एसियाको हालसाल राम्रो प्रतिनिधित्व भए पनि दक्षिण एसियाबाट प्रतिनिधित्व नभएको २५ वर्ष भएको थियो । र, हामी एसियामा संयुक्त राष्ट्रसंघको सबैभन्दा पुरानो सस्दस्य देश मध्येका हौं, जब कि कतार सन् १९७१ मा मात्र राष्ट्रसंघको सदस्य भएको हो ।
देशका हिसाबलेमात्र होइन व्यक्तिका रुपमा पनि नेपाली उम्मेदवारको राम्रो योग्यता र क्षमता छ भन्ने सन्देश फैलियो । हाम्रो उम्मेदवारीको तर्क र औचित्यप्रति धेरै सहमत भए । राष्ट्रसंघमा काम गर्दा मैले एसियाका धेरै देश घुमेको थिएा र त्यहााका नेताहरूसागसमेत मेरो राम्रो व्यक्तिगत सम्पर्क थियो । हुन त कतारका राजदूत एसियाका कुटनीतिज्ञहरूसाग भिजेका थिए । तर मैले सम्बन्धित देशमा गएर त्यहााका बालबालिका, महिला र सर्वसाधारणको अवस्था बुझेको हुनाले मेरो अनुभव र क्षमतालाई धेरैले सकारात्मकरुपमा लिएका थिए । एसियाका धेरै देशको वास्तविक स्थितिको गहिरो जानकारी मलाई छ भन्ने धेरै कुटनीतिज्ञले मनन गरेका थिए । दुर्भाग्य, एसियाका झण्डै आधा देशसाग नेपालको कुटनीतिक सम्बन्ध छैन । कतारको भने यी सबैसाग कुटनीतिक सम्बन्ध छ । हाम्रो कुटनीतिक सम्बन्ध नभएका प्यासिफिक आइल्याण्डका मुलुकमा म राष्ट्रसंघको उच्च पदाधिकारीको हैसियतले घुमेको थिएा । त्यहााका कतिपय नेताहरूलाई समेत मैले व्यक्तिगतरुपमा चिनेको हुनाले त्यसको सकारात्मक प्रभाव परेको थियो ।
हामीलाई कुनकुन देशले समर्थन गर्लान् भनेर हामीले नियमितरुपमा सर्वेक्षण गरेका थियौं र त्यसको परिणाम आशावादी देखिन्थ्यो । कतार व्यापकरुपमा विभिन्न मुलुकका राजधानीमा गएको थियो । हामी त्यति सबै मुलुकमा जान नसके पनि ८/१० देश जान खोजेका थियौं । हाम्रे आफ्नै सरकारको अस्थिरता र यस अभियानका लागि बजेट मिलाउन ढिलाइ भएको थियो । सरकार काम चलाउ थियो र मन्त्रीहरू पनि व्यस्त थिए । त्यसैले परराष्ट्र मन्त्रालयका एक कर्मचारीलाई साथ लिएर मैले चीन, कोरिया, जापान, पाकिस्तान र भारतको मात्र भ्रमण गर्न सकें र तत्कालै न्यूयोर्क फर्किहाल्नु पर्यो ।
त्यो बेला फेरि हाम्रो र कतारको प्रयासको समीक्षा गर्यौं । फेब्रुअरी १० देखि १८ बीचमा हामीले फेरि धेरै राजदूतहरूलाई भेट्यौं । हाम्रो प्रचारले उनीहरूमा राम्रो प्रभाव पर्यो । कतारले आफ्नो उम्मेदवारीको पक्षमा दिएका तर्क निकै कमजोर भएको धेरैले भन्थे ।
तर कतारले साम, दान, दण्ड, भेद प्रयोग गरेर नेपालको उम्मेदवारीलाई छोडाइहाल्छ भन्ने न्यूयोर्कमा काफी हल्ला थियो । काठमाडौंमा कतारका एक मन्त्रीले भ्रमण गर्ने खबर आउादा त ‘ल अब नेपालको उम्मेदवारी सिद्धियो’ भन्ने अडकल पनि धेरैले काट्दै थिए । तर प्रधानमन्त्री झलनाथ खनाल नेपालको उम्मेदवारीको पक्षमा अडिग हुनुभयो । नेपालमा सरकार बदलिए पनि देशको उम्मेदवारीलाई राष्ट्रिय प्राथमिकतामा पारेको राम्रो सन्देश गयो । फेबु्रअरी १८ देखि अब नेपालले उम्मेदवारी फिर्ता गर्दैन भन्ने सबैलाई विश्वास भयो ।
न्यूयोर्कमा दुबै उम्मेदवारलाई एसियाली मुलुकका प्रतिनिधिले आफ्नो एजेण्डाबारे भाषण गर्न बोलाए । त्यो संवोधनले नेपाललाई फाइदा भयो । दुबैलाई २५/२५ मिनेट दिइएको थियो । तर कतारले ५० मिनेट लगाएर आफ्नो धारणा राख्यो । मैले २५ मिनेटमै एकदमै रणनीतिकरुपमा नेपालको धारणा राखें । त्यसबाट अरु तीन/चार भोट हाम्रो पक्षमा थपिए । भाषणभन्दा अघि तटस्थ रहेका केही देशले हाम्रो प्रस्तुति सुनेपछि नेपाललाई समर्थन गर्ने निर्णय गरे । तीमध्ये दक्षिणपूर्व एसियाका केही मुस्लिम देशसमेत पर्थे ।
फेब्रुअरी २३ सम्ममा हामी नेपालले जित्नेमा काफी विश्वस्त भएका थियौं । त्यतिबेला कतार निकै हतास र चिन्तित भएको सुनियो । अन्तिम ७२ घण्टामा आफ्नो लबिङलाई कतारले निकै सशक्त तुल्यायो । उसले राष्ट्रसंघको चुनाव कहिल्यै हारेको छैन । त्यही भएर यो चुनावलाई समेत उसले प्रतिष्ठाको विषय बनायो । एसियाका ५३ मध्ये २५ देश अर्गनाइजेसन अफ इस्लामिक कन्प|mेन्स -ओआइसी)का सदस्य छन् । यी देशका राजदूतसाग हामीले कुरागर्दा छ/सात देशको भोट हामीलाई आउने अनुमान थियो । पछिल्ला ७२ घण्टामा ओआइसीको भोट नेपाललाई जान नदिन कतारले निकै प्रयास गर्यो । कतारलाई हामीले निकै अप्ठ्यारो पारेका थियौं । उनीहरूलाई इतिहासमा कहिल्यै हारेका छैनौं र यो पनि जित्नुपर्छ भन्ने थियो । मुस्लिम मुलुकहरूले कतारप्रति सहानुभूति देखाउनुपर्ने भए पनि कतिपय उसकै छिमेकी अरब देशसमेत ऊसाग असन्तुष्ट रहेछन् । ती देशले कतारले जताततै आफ्नो मात्र प्रतिनिधित्व खोज्छ भनेर पनि नेपालप्रति सहानुभूति राख्थे र हामीलाई भोट दिन चाहन्थे ।
जलवायु परिवर्तनको मुद्दामा नेपालसाग धेरै कुरा मिल्ने भएका कारण प्यासिफिक आइल्याण्डका धेरै मुलुकले हामीलाई समर्थन गर्ने जनाएका थिए । उनीहरूको कतारसाग तेल र ग्यासमा निर्भरता र केही आर्थिक प्रलोभन भए पनि नीतिगत आधारमा नेपाललाई बढी समर्थन थियो । यी मुलुकको भोट नआए हारिन्छ भन्ने बुझेर कतारले पछिल्ला ७२ घण्टामा उनीहरूको समर्थन जुटाउन अनेक जुक्ति अपनायो । ती साना देशहरूलाई केही विकास परियोजना र तिनका राजदूतहरूलाई विशेष सहयोग दिनेसम्मको आश्वासन दिएर कतारले आफ्नो पक्षमा समर्थन जुटाउन सफल भयो । यसमा हाम्रो प्रतिरोध गर्ने क्षमता थिएन ।
मुस्लिम मुलुकसाग ऐक्यवद्धताको आधारमा समर्थन जुटाउन यहाासम्म कि चुनावको अघिल्लो रात न्यूयोर्कमा रात्रिभोजको आयोजना गरेर ती देशका राजदूतलाई हात लिन तिनकै देशका नेतासाग कतारका उच्च नेताले राजधानीमै फोनमा कुरा गरी तिम्रो देशमा के सहयोग चाहिन्छ हामी दिन्छौं भन्ने आश्वासन दिएको समेत खबर पाइयो । यसरी आफ्नो भोट बढाउन कतार सफल भयो ।
दुबै देश मतदानमा जाने भनेपछि एसियाली मुलुकभित्रबाटै आपसमा मतदान गरी जसले बढी मत ल्याउाछ त्यसैलाई एसियाको सर्वसम्मत उम्मेदवार भनी महासभाका १९२ देशलाई सिफारिश गर्ने सहमति भयो । एसियाबाट एकताको सन्देश दिन आपसी मतदान गर्ने तर त्यसलाई गोप्य राखेर सहमतिमा सिफारिश गर्ने सहमति भएको थियो । मतदानपछि परिणाम एकदमै नजिक भएको र नेपालले अलिकतिमात्र कम मत पाएको सूचना हामीलाई निर्वाचन अध्यक्षले नै दिएका थिए । त्यसपछि सहमतिमा कतारलाई सिफारिश गरियो । चुनावपछि परिणाम घोषणा गर्दै एसियन गु्रपका अध्यक्ष तथा फिजीका राजदूतले नेपालको निर्भिक उम्मेदवारीको प्रशंसा गरेका थिए । नेपालले सशक्त उम्मेदवारी दिएको र सालिन प्रतिस्पर्धा गरेकोमा धेरै राजदूतले हाम्रो प्रशंसा गरेका थिए । हामी आफैं कतारका उम्मेदवारलाई वधाइ दिन जाादा उनले यो प्रतिस्पर्धाले हाम्रो सम्बन्ध बिग्रन्छ कि भन्ने हल्लाको प्रतिवाद गर्दै भने, ‘यो स्वस्थ प्रतिस्पर्धाले हाम्रो द्विपक्षीय सम्बन्ध अझ बलियो हुनेछ ।’ नेपालले इज्जतदार किसिमले प्रतिस्पर्धा गरेकोमा उनले हामीलाई वधाइ दिएर कृतज्ञतासमेत प्रकट गरे । उनले भने, ‘यो चुनावको क्रममा म नेपालसाग निकै प्रभावित भएको छु । नेपालसागको तगडा प्रतिस्पर्धाले कतारको विजयको मान्यता -लेजिटिमेसी) बढेको छ । त्यसैले महासभा अध्यक्षको कार्यकालमा म नेपाल आउन कोसिस गर्नेछु ।’
यी सबै तथ्यहरूलाई हेर्दा हाम्रो उम्मेदवारी धेरै हिसाबले अर्थपूर्ण थियो । हामीले जितेनौं । त्यसपछि आफ्नो मूल्यांकन गर्यौं । यो पराजयको मुख्य कारण हाम्रो मुलुकको कमजोरी थिएन । संक्रमणकालीन अवस्थाका कतिपय चुनौतीका बावजुद हाम्रो उम्मेदवारीको समर्थनमा नेपालका सबै दलका नेता, कूटनीतिक प्रतिनिधि र सर्वसाधारण जनताको सद्भावना वास्तवमा निकै प्रशंसनीय थियो । अन्त्यमा मुस्लिम राष्ट्रहरूको दरिलो ऐक्यवद्धता, अरुलाई प्रभावित पार्न सक्ने कतारको आर्थिक क्षमता र उसको व्यापक कुटनीतिक पहुाच नै उसको विजयका मुख्य कारक थिए । नपाललाई समर्थन गर्ने कतिपय मित्र राष्ट्रका राजदूतले भनेझैं गणितीय परिणाममा पराजित भए पनि नेपाल नैतिकरुपमा विजयी भएको छ ।
अन्नपूर्ण पोष्ट, २५ बैशाख २०६८ मा प्रकाशित (गौतमसँग अन्नपूर्णकर्मी गुणराज लुइाटेलले गरेको कुराकानीमा आधारित)