संयुक्त राष्ट्रसंघले कसरी सघाउंछ नेपाललाई

संयुक्त राष्ट्रसंघले कसरी सघाउंछ नेपाललाई

गोरखापत्र, ८ कार्तिक २०६५०

कुलचन्द्र गौतम

आज हामीले संयुक्त राष्ट्र संघको ६३ औं वाषिर्कोत्सव मनाइ रहेकाबेला राष्ट्र संघ हाम्रो दैनिक जीवनमा तथा नेपालको शान्ति र सम्मुन्नतीका निम्ति कसरी आवद्ध भएको छ त भन्ने विषयमा प्रश्न गर्नु सान्दर्भिक हुन्छ ।

हामीहरू मध्ये धेरैले राष्ट्र संघलाई न्यूयोर्क,जेनेभा, पेरिस र रोमजस्ता शहरहरूमा ठूलाठूला सभासम्मेलनको आयोजना गर्ने निकै टाढाको संस्थाको रुपमा मात्र सोच्ने गछौं । यदाकदा विश्वका ठूला शक्तिशाली राष्ट्रहरूले राष्ट्र संघीय सुरक्षा परिषद्मा युद्ध र शान्ति सम्बन्धी मुद्दाहरूमा छलफल गरी रहको वा हाम्रा नेताहरूले राष्ट्र संघको वाषिर्क महासभालाई सम्बोधन गरेको हाम्रा टेलिभजनका पर्दाहरूमा देख्ने गर्र्छौं ।

हालसालै नेपालस्थित राष्ट्र संघीय नियोग -अन्मिन)का अधिकारीहरूले हाम्रा राजनीतिक नेतृत्वलाई बारम्बार भेेटेको, यसका गाडीका ताँती सडकमा जाताततै दौडिएको र माओवादी लडाकु र उनीहरूको शिवरको अनुगमन गरेको पनि नेपालीहरूले केही समयदेखि देखिरहेका छन् ।

तर राष्ट्र संघले मलाई के सहयोग गरेको छ त – के राष्ट्र संघ मेरा गाउँ वा समुदायका समान्य मानिसका लागि पनि महत्वपर्ूण्ा छ त – कि यो खाली शक्ति र प्रभाव भएका ठूलाबडा मानिस वा शहरका लागि मात्र काम लाग्ने संस्था हो भन्ने प्रश्न पनि हाम्रो मनमा उब्जन सक्छ ।

राष्ट्र संघले हामी सबैको जीवनमा ठूलो प्रभाव पारेको छ भन्ने कुरा हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ तर कुनै न कुनै तरिकाबाट राष्ट्र संघले गरेका कामले हरेक नेपालीको जीवनलाई छोएको हुन्छ ।

गत हप्ता मैले नेपालका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले सञ्चालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यको अवलोकन गर्न विभिन्न जिल्लाहरूको भ्रमणमा गएको थिएँ । त्यस अबसरमा ती ५० हजार महिला स्वयंसविकाहरूले देश भरका झण्डै ३५ लाख बालबालिकासम्म सेवा पुर्‍याएका थिए । यस्तो महान कार्यबाट लाखौं नेपालीको जीवन रक्षा हुनुका साथै स्वास्थ्यमा लाभ पुगेको थियो । यसमा सहयोग गर्ने संस्थ्ाहरू मध्ये संयुक्त राष्ट्र संघीय बालकोष -युनिसेफ) र विश्व स्वास्थ्य संगठन थिए ।

मैंले ग्रामीण स्वास्थ्य चौकीहरू, शहरी स्वास्थ्य केन्द्रहरू र जिल्ला अस्पतालहरूमा ती राष्ट्र संघीय निकायहरूले अति आवश्यक औषधि तथा खोपहरू पुर्‍याइ रहेको देखेँ । ती संस्थाहरूमा कार्यरत धेरै स्वास्थ्यकर्मीहरूले राष्ट्र संघीय निकायहरू जस्तै राष्ट्र संघीय जनसंख्या कोष, विश्व खाद्य कार्यक्रम, युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा सरकाले उनीहरूलाई तालिम दिएकोे कुरा बताएका थिए ।

प्राथमिक विद्यालय र नेपालका शिक्षक तालिम केन्द्रहरूमा धेरै शिक्षक तथा विद्यार्थीहरू युनेस्को र युनिसेफको सहयोगमा सञ्चालित शिक्षक तालिम र ती संस्थाले उपलब्ध गराएका पाठ्यपुस्तकहरूबाट आफूहरू लाभान्वित भएका छन् तर उनीहरूलाई त्यस्तो सहयोगबारे थाहा नहुन सक्छ ।

नेपालले भूटानी र तिब्बती शरणार्थीका कारण भोग्नु परेको बोझलाई सामना गर्न शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायुक्तको कार्यालयले सहयोग पुर्‍याइरहेको छ । त्यस्तै मानवअधिकार सम्बन्धी उच्चायुक्तको कार्यालले व्रि्रोही वा सरकारी फौजबाट भएका मानव अधिकार उल्ल‹नका घटनाको अनुगमन र त्यसलाई र्सार्वजनिक गर्न सहयोग गर्नुका साथै आम नागरिकको मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई सहयोग पुर्‍याउदै आएको छ ।

अन्तर्रर्ााट्रय श्रम संगठनले हामीलाई बालश्रम विरुद्ध जुद्धन सहयोग गर्छ । खाद्य तथा कृषि संगठनले कृषिसम्बन्धी तालिम दिने र खाद्य सुरक्षाको सुनिश्चितता गर्न सहयोग पुर्‍याउँछ । राष्ट्र संघीय विकास कार्यक्रमले सुशानसको विषयमा सहयोग गर्छ । समग्र राष्ट्र संघीय प्रणालीले कोशीको बाढी, एचआइभी/एड्सको खतरा अथवा बर्ड फ्ल्युको भयावह जस्ता आपतकालीन अवस्थामा हामीलाई सहयोग गरेको छ । राष्ट्र संघले नेपाललाई हाम्रो व्रि्रदो पर्यावरणका बारेमा र जलवायु परिवर्तनबाट यसमा पर्न सक्ने प्रभावलाई कसरी रोक्ने भन्ने विषयमा जनचेताना अभिवृद्धि गर्न सहयोग गर्दछ ।

राष्ट्र संघीय शान्ति स्थापना कार्यमा काम गरेका नेपाली सिपाही तथा प्रहरीहरूको व्रि्रेषण -रिमिट्यान्स) ले धेरै समुदायको स्थानीय अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याएको छ ।

यी सब उदाहरणबाट के देख्छौ भने हामीले अनुभूति गरेको भन्दा पनि बढी मात्रामा राष्ट्र संघले हाम्रो जीवनमा प्रभाव पारेको छ । हामीकहाँ यसको भूमिका विज्ञान र प्रविधि, कृषि र उद्योग, व्यापार तथा वाणिज्य, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्राविधिक सहयोग गर्ने, वस्तुगत सेवा दिने देखिलिएर विकास निर्माण योजनाहरूमा, मानवीय सहायता र मानव अधिकारको संरक्षण तथा मानवीय विसंगतिहरूको नियन्त्रणजस्ता क्षेत्रसम्म विश्वमान्य नीति निर्धारण गर्न सरसल्लाह दिने कुरासम्म फैलिएको छ ।

नेपाल विगत ५३ वर्षेखिसंयुक्त राष्ट्र संघको एउटा सक्रिय र विश्वासिलो सदस्यका रुपमा रहँदै आएको छ र राष्ट्र संघ नेपालको सच्चा मित्र र सहयोगीका रुपमा रहँदै आएको छ ।

आफूले संंयुक्त राष्ट्र संघको सहयोग प्राप्त गर्नु बाहेक नेपालले पनि राष्ट्र संघको कामलाई विश्वव्यापी रुपमा सफल बनाउन ठूलो योगदान दिदै आएको छ ।

नेपालले राष्ट्र संघको बडापत्रमा उल्लेख भएका सिद्धान्त र मान्यताप्रति सधैं आफ्नो उच्च विश्वास प्रकट गर्दैं आएको छ । नेपालको वर्तमान अन्तरिम संविधानमा समेत राष्ट्र संघीय बडापत्र नेपालको परराष्ट्र नीतिको एक निर्देशक सिद्धान्तको स्रोतका रुपमा रहने कुरा उल्लेख गरिएको छ ।

विश्वमा शान्ति र सुरक्षा पर््रवर्द्धन गर्ने प्राथमिक जिम्मेवारीबाहेक राष्ट्र संघले २१ औं शाताब्दीमा देखा परेका नयाँ मुद्दाहरू जस्तै आतङ्कवादको चुनौती, निशस्त्रीकरण, मानवअधिकार, सन्तुलित विकास र गरीबी निवारण जस्ता कुरामा मुख्य भूमिका निर्वाह गर्नु पर्छ भन्ने नेपालको दृढ धारणा रहेको छ ।

नेपाल जस्ता साना मुलुकहरूले राष्ट्र संघीय प्रणाली र वहुपक्षीय संस्थाहरूमा निश्चय नै ठूलो भूमिका निवार्ह गर्न सक्छन् । विगतमा नेपालले राष्ट्र संघमा निकै सक्रिय र रचनात्मक भूमिका निर्वाह गरेको छ, तर भविष्यतर्फहर्ेर्ने हो भने नेपाल र नेपाली जनताका हितका लागि नेपालले राष्ट्र संघमा अझ बढी प्रभावकारी र रणनीतिक भूमिका खेल्न सक्छ भनने मलाई विश्वास लाग्छ । त्ययको लागि म यहाँ केही सुझाव दिन चाहन्छु ।

राष्ट्र संघमा नेपालको प्रभाव सबैले झल्झल्ती देख्न सक्ने गराउन नेपालले आगामी पाँच वर्षा निम्न अनुसारका लक्ष्यहरूलाई अबलम्बन गर्नु उपयुक्त हुने छ ।

१ सन् २०११ मा राष्ट्र संघीय महासभामा अध्यक्ष हुने पालो एशियाको हुने छ । नेपालले सो उच्च पदमा आफ्नो उम्मेदवारी दिने चाहाना अहिलेदेखि प्रकट गर्नु उचित र आवश्यक छ । यदि हामीले एउटा योग्य र बलियो उम्मेदवार खडा गरेर आजैबाट यसका पक्षमा

हाम्रा छिमेकी एशियाली मित्रराष्ट्रहरूसँग सरसल्लाह र सम्झौता गर्न थाल्ने हो भने यो लक्ष्य प्राप्त गर्न सकिने राम्रो संभावना छ । म नेपाल सरकारलाई त्यस किसिमको लक्ष्य हासिल गर्न पूरै राष्ट्रिय प्रतिवद्धता सहित लाग्न आग्रह गर्छर्ुु२ अन्तर्रर्ााट्रय शान्ति स्थापना कार्यमा नेपालको राम्रो प्रतिष्ठा र प्रभाव रहेको छ । अहिले राष्ट्र संघको शान्ति सेनामा योगदान गर्ने मुलुकहरूमा नेपाल पाँचौ स्थानमा रहेको छ । हामीले सन् २०१५ सम्ममा विश्वकै एक नम्बरको शान्ति सेनाको स्रोत हुने मुलुकको दर्जामा पुग्ने लक्ष्य राखौं । यो नेपालमा आवश्यकताभन्दा ठूलो संख्यामा रहेका हाम्रा सेनालाई सदुपयोग गर्ने एउटा बुद्धिमानीपर्ूण्ा बाटो पनि हुन सक्छ । हामीले अन्तर्रर्ााट्रय शान्ति स्थापना अभियानमा सबैभन्दा ठूलो योगदानकर्ता हुने सोच राख्दा त्यो खाली संख्याका दृष्टिकोणले मात्र नभएर गुणस्तरीयताका दृष्टिकोणले पनि हुनु पर्छ । उदाहरणका लागि अहिले राष्ट्र संघमा महिला सिपाही, प्रहरी तथा अफिसरहरूको ठूलो माग छ तर नेपाली सेना र प्रहरीमा धेरै महिला छैनन् । यस कुरालाई ख्याल गरी हामीले आगामी वर्षा सुरक्षा क्षेत्रको सुधार र रुपान्तरण गर्दा नेपली सेना र प्रहरीमा ऐतिहासिक रुपमा नै कम प्रतिनिधित्व भएका समुदायहरू जस्तै महिला, दलित, मधेशी आदिलाई भर्ना गरेर यसलाई बढी समावेशी बनाउने प्रयासगरौं । हाम्रो यस प्रयासको एउटा पाटोको रुपमा नेकपा माओवादीका लडाकुमा ठुलो संख्यामा रहेका महिला लडाकुमध्ये आवश्यक योग्यता पुग्ने उम्मेदवारहरूलाई विशेष व्यबसायिक तालिम दिएर छनौट गर्ने कुरा पनि संभवत एउटा रचनात्मक उपाय हुन सक्छ ।

३ नेपाल राष्ट्र संघको सदस्य बनेदेखि यदाकदा राष्ट्र संघीय महासभाको उपाध्यक्ष र यसका विभिन्न समितिहरू, आयोगहरू र कार्य समूहहरूको सदस्य त भएको छ तर तिनको सभापति वा अध्यक्ष पदमा बिरलै पुग्न सकेको छ । भविष्यमा हरेक वर्षनेपाललेे राष्ट्र संघका न्यूयोर्क, जनेभा, रोम अथवा जहाँसुकै रहेका यसका मुख्य नियोग, अङ्ग, समिति, विशेष निकाय अथवा विकास कार्यक्रमहरू र कोषका कार्यकारी बोर्ड मध्ये कम्तिमा पनि एउटा निकायमा खाली सदस्य पदका लागि मात्र नभई तिनको सभापति अथवा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी हाल्ने र जोडदार किसिमले प्रतिश्पर्धा गर्नु पर्छ । जमैका, गायाना, घाना, सिङ्गापुर, स्वेडेन आदि जस्ता साना मुलुकहरूले त्यस किसिमका उच्चस्तरीय पदहरू नियमित रुपमा प्राप्त गर्दै आएका छन् भने नेपालले पनि त्यसकिसिमको महत्वाकाँक्षा राख्न सक्नु पर्छ ।

४ हाल राष्ट्र संघ र यससँग सम्बन्धित अन्तर्रर्ााट्रय संस्थाहरूमा थुप्रै नेपालीले काम गर्छन तर राष्ट्र संघीय निकायहरूले नेपालीहरूलाई भर्ति गर्ने क्रम बढदो होइन बरु घटदो छ । भनसुन गरेर होइन, खुला प्रतिश्पर्धामा सफल हुनका लागि योग्य नेपाली उम्मेदवारलाई अघिर्सार्न हामीले राष्ट्र संघले आजभोलि चाहने सीप जस्तैः राष्ट्र संघमा प्रयोग हुने धेरै भाषा जानेका, राम्रो लेखन तथा सञ्चार क्षमता भएका, आधुनिक सूचना प्रविधिसम्बन्धी आधारभूत सीप भएका, खाली सरकारी निकायमा मात्र नभई गैर सरकारी संस्था, सञ्चार माध्यम, निजी क्षेत्र तथा शैक्षिक प्रतिष्ठन आदिमा काम गरेका उच्च अनुभव भएका कुटनीतित्र र जेहेन्दार युवालाई प्रोत्साहन गर्नु पर्छ । ती मध्ये पनि योग्य महिला उम्मेदवारलाई विशेष प्राथमिकता, प्रोत्साहन र सहयोग गर्नु पर्छ ।

५ राष्ट्र संघीय प्रणालीमा अहिलेसम्म नेपाली उच्च पदमा पुगेको भनेको सहायक महासचिव तहसम्म मात्र हो । आगामी तीनचार वर्षभित्रमा कम्तिमा पनि एक जना नेपाली नागरिकलाई उपमहासचिव -अन्डर सेक्रेटरी जनरल) अथवा सो सरहको तहमा नियुक्त वा निर्वाचित गराउन हामीले हरप्रयास गर्नुपर्छ । यस किसिमको उपलब्धी पाउनका लागि हामीले कम्तिमा पनि आधा दर्जन जति उच्च योग्यता र अनुभव भएका नेपाली उम्मेदवार जसमध्ये दर्ुइतीन जना महिला उम्मेदवार समेतको पहिचान गर्नुपर्छ र उनीहरूलाई त्यस किसिमको पदका लागि सुयोग्य बनाउन सहयोग गर्नुका र्सार्थै सबै नेपाली कुटनीतिक नियोग संलग्नभएर एक अभियानकै रुपमा प्रचारप्रसार र प्रयास गर्नुपर्छर्र्।

६ यी सबैभन्दा पनि ठूलो महत्वको कुरा त वर्तमान नेपालको प्रशंगमा हामीले एउटा महत्वाकाँक्षी दर्ीघकालीन राष्ट्रिय पर्ुननिर्माण र विकास योजनाको तर्जुमा गर्न र त्यसका लागि अन्तर्रर्ााट्रय सहयोग जुटाउन राष्ट्र संघबाट निकै महत्वपर्ूण्ा सहयोगको माग र अपेक्ष गर्नु पर्छ ।

राष्ट्र संघले अन्मिनका माध्यमबाट नेपालको शान्ति प्रक्रियाका लागि राम्रो सहयोग उपलब्ध गराएको छ । अहिले अन्मिनको भूमिका करीब अन्तिम चरणमा पुगेका बेला नेपालले राष्ट्र संघलाई सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्नका लागि आवश्यक सहयोग लगायत आर्थिक विकास र पर्ुननिमार्ण्र्ाा क्षेत्रमा विशेष सहयोगका लागि आग्रह गर्नु पर्छ र त्यस्तो सहयोग जुटाउने राष्ट्र संघंको कर्तब्य र दायित्व पनि हो ।

कम्बोडिया, पर्ूर्वी टिमोर, अफगानस्थान, लाइबेरिया, मोजाम्बिक आदि जस्ता द्वोन्द्वोत्तर अवस्थामा रहेका धेरै मुलुकमा त्यस्ता योजना तयार गर्न र मुख्य दाताहरूको सम्मेलनको आयोजना गरी अन्तर्रर्ााट्रय सहयोग परिचालन गर्न सरकारलाई सहयोग गर्ने कार्यमा राष्ट्रसंघले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

तर नेपालमा भने यस्तो हुन सकेको छैन। यसो हुनुमा केही हदसम्म हाम्रो आफ्नो ध्यान राजनीतिक मुद्दा र शान्ति प्रक्रियामा मात्र सीमित हुनु र आर्थिक मुद्दालाई पछि विचार गर्ने गरी दोस्रो पंक्तिमा परसार्ने बानी पनि एउटा कारण हुन सक्छ ।

आर्थिक मुद्दालाई अगाडि ल्याउनु पर्ने बेला अहिले भएको छ । यदि हामीले आर्थिक मुद्दालाई हलगर्न धेरै ढिला गर्‍यौं भने जनता हाम्रो आफ्नै राजनीतिक प्रक्रियाप्रति निराश हुन सक्छन् साथै नेपालको विशिष्ठ खाले शान्ति प्रक्रियातर्फविश्वको ध्यान केन्द्रित भई रहेका बेला अन्तर्रर्ााट्रय सहयोग परिचालन गर्ने एउटा अवसरलाई हामीले गुमाउन सक्छौं ।

नेपालले राष्ट्र संघीय सहस्राब्दी लक्ष्यहरू मध्ये केही लक्ष्यहरू प्राप्त गर्न सक्ने धेरै संभावना रहेको छ । तर त्यसका लागि हामी नेपालीहरूले सबैभन्दा पहिला राष्ट्र संघको सहयोगमा एउटा स्पष्ट र महत्वाकाँक्षी मार्गचित्र बनाएर अगाडि आउन पर्छ । त्यसपछि मात्र हामीले आफूलाई चाहिने खालको अन्तर्रर्ााट्रय सहयोगको अपेक्षा गर्न सक्छौं ।

यी विषयहरू संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनको नेपालमा हुनलागेको आगामी भ्रमणका क्रममा नेपालको उच्च नेतृत्व तहले उहाँसँग उठाउनु पर्ने र त्यसका लागि उहाँको सहयोग खोज्न उपयुक्त विषय हुन । हामी आशा गरौं यी कुराले बान कि मुनसँगको भेटबार्ताको एजेण्डामा उच्च स्थान पाउनेछन् ।

(कुल गौतम संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव र युनिसेफका उपकार्यकारी निर्देशक हुनुहुन्छ।)