श्री कुलचन्द्र गौतम संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव र युनिसेफका उपकार्यकारी निर्देशक हुनुहुन्छ। वहाँ सामाजिक र आर्थिक विकास, मानवअधिकार र वालकल्याण सम्वन्धि विशेषज्ञ हुनुहुन्छ।
श्री कुलचन्द्र गौतम संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव र युनिसेफका उपकार्यकारी निर्देशक हुनुहुन्छ। वहाँ सामाजिक र आर्थिक विकास, मानवअधिकार र वालकल्याण सम्वन्धि विशेषज्ञ हुनुहुन्छ।
लामो समयसम्म उच्चस्तरीय कुटनैतिक अनुभव संगालेका गौतम हाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको बोर्डका अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रुपमा कार्यरत हुनुहुन्छ।
श्री गौतम नेपालको नागरिक समाजका एक अगुवा तथा लोकतन्त्रको सुदृढीकरण, मानवअधिकार, आर्थिक–सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्वन्धको बारेमा एक चिन्तक र लेखकको रुपमा पनि सुपरिचित हुनुहुन्छ।
हाल गौतम निम्न संघ संस्थामा आवद्ध हुनुहुन्छः
–संयुक्त राज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय विकास, गरीबी निवारण तथा विश्व स्थास्थ्यको बारेमा वकालत गर्ने ‘रिजल्ट्स’ संस्थाका अध्यक्ष
–जापानस्थित वालकल्याणका लागि विश्व अन्तर्धामिक संस्था ‘आरिगातो इन्टरनेशनल’को परामर्शदात्री बोर्डका अध्यक्ष
–अमेरिकास्थित शान्तिका लागि अन्तर्धामिक संजाल ‘रिलिजन्स फर पीस’का सद्भावनादूत
-बेलायतस्थित विस्वव्यापी कुपोषण निवारण सम्बन्धित ‘पावोर ऑफ न्युट्रीसन्’ संस्थाका सदस्य
– ‘नेपाल सार्वजनिक स्वास्थ्य प्रतिष्ठान’का विशेष सल्लाहकार
–मदन पुस्तकालय नेपालका सल्लाहकार
–अमरपुर– इस्मा, गुल्मीस्थित हिमा गौतम स्मृति कोषका संस्थापक–संरक्षक
विगतमा गौतम आवद्ध संस्था र गतिविधिहरुः
–नेपालको प्रधानमन्त्रीका अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रकृया सम्वन्धि विशेष सल्लाहकार (सन् २०१०–२०११)
–गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार समितिका अध्यक्ष (नेपाल, सन् २०१०–२०११)
–सिटिजन्स बैंक नेपालका बोर्ड अध्यक्ष (सन् २०१०–२०११)
– ‘हिंसा अन्त्य’ अभियान नेपालका अगुवा–संरक्षक (सन् २००९–२०११)
–नेपाल विकास परिषदका सदस्य (सन् २०१०–२०१२)
– ‘आरोग्य प्रतिष्ठान’ नेपालका उपाध्यक्ष (सन् २०१०–२०२०)
–गैरआवासीय नेपाली संघका पूर्व संरक्षक-सल्लाहकार
–रोटरी क्लब अफ काठमाण्डु मिडटाउनका पूर्व अध्यक्ष र वरिष्ठ सदस्य
– संयुक्त राष्ट्रसंघ महासचिवको महिला तथा वालवालिका स्वास्थ्य सम्वन्धि स्वतन्त्र निगरानी समिति (इण्डिपेन्डेन्ट एकाउन्टविलिटी प्यानेल) का सह–अध्यक्ष (सन् २०१६–२०१९)
–संयुक्त राष्ट्रसंघस्थित वालवालिकामाथि हुने हिंसा अन्त्य गर्ने विश्वव्यापी साझेदारी (ग्लोबल पार्टनरसिप टु एण्ड भायलेन्स अगेन्ष्ट चिल्ड्रेन) को कार्यकारी समितिका सदस्य (सन् २०१६-२०२२)
–अमेरिकास्थित वालश्रम निवारण संस्था ‘गुडवीभ इन्टरनेशनल’को उपाध्यक्ष (सन् २०१४–२०१८)
–विश्वबैंकद्वारा आयोजित दक्षिण एशियाली खाद्य तथा पोषण सुरक्षा कार्यक्रमको सल्लाहकार (सन् २०१०–२०१३)
–बेलायतस्थित ‘अक्सफ्याम–जि.बि.’को ट्रष्टी सदस्य तथा कार्यक्रम प्रमुख (सन् २०१४–२०१८)
–जापान र केन्यास्थित वालकल्याण प्रवर्धनका लागि विश्वधर्मको सन्जाल (जिएनआरसी)को सल्लाहकार (सन् २००८–२०२०)
–क्यानाडास्थित अल्प पौष्टिकआहार निवारण परियोजना (माइक्रो न्युट्रिएन्ट इनिसिएटिभ) को अध्यक्ष (सन् २००१–२००९)
–अमेरिकास्थित शिक्षाको लागि विश्वव्यापी साझेदारी (ग्लोबल पार्टनरशीप फर एजुकेशन) को अभियन्ता (सन् २०१४–२०१५)
–जेनेभास्थित मातृ, नवजात र वालस्वास्थ्य सम्वन्धि विश्वव्यापी सञ्जाल (पीएमएनसीएच)को संस्थापक अध्यक्ष (सन् २००५–२००७)
–जेनेभास्थित खोपाइ र वालस्वास्थ्य सम्वन्धि विश्वव्यापी सञ्जाल (गाभी)को सदस्य (सन् २००४–२००७)
संयुक्त राष्ट्रसंघ–युनिसेफमा गौतमको संलग्नताः
–राष्ट्रसंघको सहायक महासचिव र युनिसेफको उपकार्यकारी निर्देशक (सन् २०००–२००७)
–युनिसेफको एशिया–प्रशान्त क्षेत्रीय निर्देशक (सन् १९९८–२०००)
–भारतमा युनिसेफको विशेष प्रतिनिधि (सन् १९९७)
–युनिसेफको विश्वव्यापी योजना तथा कार्यक्रम निर्देशक (सन् १९८९–१९९६)
–युनिसेफको ल्याटिन अमेरिका तथा क्यारिवियन प्रमुख (सन् १९८६–१९८८)
–युनिसेफ प्रतिनिधि, हाइटी (सन् १९८३–१९८६) र लाओस (सन् १९७९–१९८२)
–युनिसेफ कार्यक्रम अधिकृत, इण्डोनेशिया (सन् १९७५–१९७९) र क्याम्बोडिया (सन् १९७३–१९७५)
अन्तर्राष्ट्रिय कुटनैतिक अनुभव
संयुक्त राष्ट्रसंघको तीन दशकभन्दा लामो र गरिमामय सेवागर्नुभएका श्री गौतमले वहाँको कार्यकालमा विश्वका सरकारी र गैरसरकारी शीर्ष नेताहरु र अन्तर्राष्ट्रिय संघसंस्थाका उच्च पदाधिकारीहरुसँग भेटवार्ता र सम्झौता गरेर विकासनिर्माण, मानवकल्याण, वालअधिकार इत्यादि क्षेत्रमा नीतिनिर्धारण गर्न, उक्त नीतिहरुको कार्यान्वयनको लागि योजना तर्जुमा गर्न र आर्थिक श्रोत जुटाउन सरीक हुनुभएको थियो।
वहाँले संयुक्त राष्ट्रसंघका महासभा, सुरक्षा परिषद, आर्थिक र सामाजिक परिषद, युनिसेफको कार्यकारी बोर्ड जस्ता सर्वोच्च निकायको काममा योगदान दिनुकोसाथै युनिसेफले सहयोग गर्ने १५० भन्दा बढी विकासोन्मुख देसका कार्यक्रमको पनि रेखदेख, नीतिनिर्धारण, मूल्यांकन र निरिक्षण गर्नुहुन्थ्यो।
संयुक्त राष्ट्रसंघको तर्फबाट विभिन्न देसको स्थानिय, राष्ट्रिय र क्षेत्रियस्तरमा विकाश कार्यक्रमको नीतिनिर्माण र कार्यान्वयनगर्ने काममा पनि वहाँ निकै अनुभवी र कृयाशील हुनुहुन्थ्यो। यसक्रममा वहाँले १०० भन्दा बढी देसहरु भ्रमण गर्नुभएको छ र ती देसका उच्च नेता एवं विकास कार्यकर्तासँग अन्तरक्रिया गर्नुभएको छ।
श्री गौतमले सन् १९९० मा राष्ट्रसंघले आयोजना गरेको विश्व इतिहासमै सबभन्दा ठूलो राष्ट्रप्रमुखहरुको भेला ‘वालकल्याण सम्वन्धि शिखर सम्मेलन’को घोषणापत्र र कार्ययोजनाको मस्यौदा तयारगर्ने अभिभारा पनि सम्हाल्नुभएको थियो। पछि फेरि सन् २००२मा संयुक्त राष्ट्रसंघ महासभाको वालवालिका सम्वन्धि उच्चस्तरीय महाधिवेशन सम्पन्न गराउनमा पनि वहाँले महत्वपूर्ण नेतृत्व गर्नुभएको थियो।
यी दुवै शिखर सम्मेलनमा ७० भन्दा बढी राष्ट्रप्रमुख, सयौं वालअधिकार विशेषज्ञ, नागरिक समाजका नेता, विश्वविख्यात कलाकार र नोबेल पुरस्कारविजेता प्रतिष्ठित व्यक्तित्वको समेत सहभागीता थियो।
नेपालको विकास र शान्ति प्रकृयामा संलग्नता
उच्चशिक्षा र व्यावसायिक कामको सिलसिलामा चार दसकभन्दा बढी देसबाहिर रहेतापनि श्री गौतमले मातृभूमि नेपालको विकासका सम्वन्धमा सँधै गहिरो चाख राख्दै आउनुभएको छ।
उतिबेला संयुक्त राष्ट्रसंघको सबभन्दा उच्च पदमा रहेको नेपालीको नाताले वहाँले द्वन्दकालमा नेपालको शान्ति प्रकृयामा सहयोगगर्न संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समूहलाई अनौपचारिक रुपमा ठूलो प्रयास गर्नुभएको थियो।
वहाँले नेपालमा भएको हिंसा, हत्या र मानवअधिकार उल्लंघनको विरुद्ध साहस र निर्भिकताका साथ जोडदार आवाज उठाउनुभएको थियो र नेपालका सबै दलका नेताहरुलाई अनौपचारिक रुपमा सम्पर्क गरि शान्तिप्रकृयामा सरिक हुन आग्रह गर्नुभएको थियो।
नेपालमा शान्तिसुरक्षा, सामाजिक न्याय, मानवीय विकास र द्वन्द्पछिको पुननिर्माण र विकासको लागि केही वृहद् र महत्वाकांक्षी योजनाको तर्जुमा गर्नुपर्ने बारेमा वहाँका धेरै आलेख, मन्तव्य र त्यसबारेमा आफूले सक्दो स्वयंसेवीका रुपमा सहयोग गर्ने इच्छा र कटिवद्धता पनि सर्वविदित छन्।
व्यक्तिगतरुपमा वहाँले स्थानीयस्तरमा आफ्नो गाउँ, जिल्ला र आफुले पढेका विद्यालयहरुलाई आफुसक्दो सहयोग गर्दै आउनुभएको छ।
पुरस्कार र सम्मान
श्री गौतमले बचपनमा ‘वालकवि’ देखि सन् २००८ मा विश्वविख्यात अभिनेत्री अड्रे हेपवर्नको नामबाट युनिसेफद्वारा प्रदान गरिने ‘अड्रे हेपवर्न मानवीय पुरस्कार’, सन् २००९ मा अमेरिकाको डार्टमथ कलेजद्वारा प्रदान गरिने ‘मार्टिन लुथर किंग सामाजिक न्याय पुरस्कार’, ‘उच्चतम आजीवन उपलब्धि गरेको सम्मान’ तथा सन् २०१८ मा अमेरिकी पिसकोरद्वारा प्रदान गरिने सर्वोच्च अन्तर्राष्ट्रिय उपाधि ‘ह्यारिस ओफोर्ड विश्व नागरिक’ जस्ता विभिन्न सम्मान पदक पाउनुभएको छ।
प्रकाशन
श्री गौतमले अन्तर्राष्ट्रिय विकास, मानवअधिकार, महिला तथा वालअधिकार, शिक्षा, स्वास्थ्य, द्वन्द व्यवस्थापन तथा शान्ति प्रकृया र संयुक्त राष्ट्रसंघद्वारा प्रतिपादित सहस्राब्दी विकास तथा दीगो विकास लक्ष्यका बारेमा र नेपाल तथा विश्वमै लोकतन्त्र तथा सुशासन प्रवर्धनका बारेमा प्रशस्त लेख्ने, बोल्ने र वकालत गर्ने गर्नुभएको छ।
सन् २०१५ मा गौतमद्वारा लिखित ‘लस्ट इन ट्रान्जिसनः रिबिल्डीङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड मेगा अर्थक्वेक’ , सन् २०१८ मा ‘ग्लोबल सिटिजन फ्रम गुल्मी – माइ जर्नी फ्रम द हिल्स ऑफ नेपाल टु द हल्स ऑफ युनाइटेड नेसन्स’ तथा सन् २०२२ मा ‘कुलचन्द्र गौतम – आत्मकथा’ संस्मरण ग्रन्थ प्रकाशित भएका छन्।
शिक्षा र परिवार
श्री गौतमले आफ्नो आफ्नो प्राथमिक र माध्यमिक शिक्षा नेपाल र भारतमा उपलब्ध गर्नुभएको थियो भने उच्चशिक्षा अमेरिकाको डार्टमथ कलेज र प्रिन्स्टन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्ध, आर्थिक विकास र आधुनिकिकरण विषयमा हाँसिल गर्नुभएको थियो। सन् १९९६ मा वहांले ‘सिनिअर भिजिटिंग फेलो’ को रुपमा हार्वर्ड विश्वविद्यालयमा पठनपाठन गर्नुभएको थियो, र सन् २०२२ मा वहां डार्टमथ कलेजबाट ‘अनररी डाक्टर ऑफ हुमेन लेटर्स’ उपाधि बाट सम्मानित हुनुभएको थियो।
मंसिर २००४ सालमा गुल्मी जिल्लाको अमरपुर गाउँमा जन्मनुभएका श्री गौतमकी धर्मपत्नी विनता, कलाकार छोरी सुश्री ज्योत्स्ना द्यु सिएल, खेलकुद विशेषज्ञ छोरा बिप्लव तथा प्रिय नाति नातिनी ऋद्धि, ऋग्वेद र रिया गौतम छन्।
कुलचन्द्र गौतमको बारेमा अन्य थप जानकारीको निमित्त हेर्नसक्नुहुन्छः