भावी नेपालको लगानी

कुलचन्द्र गौतम
यो मेरो जीवनकै एउटा ठूलो हर्षो दिन हो । ४० वर्षविदेशमा रहेर म मातृभूमि र्फकेको छु । गएका चार दशकमा मैले धेरै समय संयुक्त राष्ट्रसंघका तर्फाट विश्वभरका बालबालिकाको सेवामा बिताए“ । अहिले ऐतिहासिक समयमा म स्वदेश फर्केको छु । नेपाली जनताले ६० वर्षेखि प्रतीक्षा गरिरहेको ऐतिहासिक संविधानसभा निर्वाचनको पर्ूवसन्ध्यामा आफ्नो देश र्फकन पाउनु ज्यादै सुखद कुरा हो । हाम्रा राजनीतिक दलले नया“ नेपाल निर्माण अभियानमा बालबालिकालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्ने यो समारोहमा मलार्इर्र्सहभागी गराउनु भएकोमा मेरो मन प्रफुल्लित छ ।यहा“ थुपै बालबालिका उपस्थित छन् । सञ्चारमाध्यमका मित्र, नेपाल विकासका साझेदार र धेरै बालअधिकारवादीहरू पनि यहा“ उपस्थित हुनुहुन्छ । यो बालबालिकाको ठूलो उत्सव हो । नेपालको जनसंख्याको आधा भाग तिनै वालवालिका छन् । उनीहरुले नै नेपालको भविष्यकोे प्रतिनिधित्व गर्छन् । हामी यिनै बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूको मानवअधिकार परिपर्ूर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्न यहा“ भेला भएका छौं ।

बालबालिका निम्ति स्वस्थ्य वातावरणको सिर्जना हाम्रो जिम्मेवारी हो । यस्तो वातावरणको सिर्जना हामीले गर्नुपर्छ, जहा“ शान्ति र विविधतामा एकताको संस्कृति देशमा फलोस-

फुलोस । हाम्रो आगामी पुस्ता सधैंका लागि द्वन्द्वबाट मुक्त रहोस्् ।

बितेका दशकमा हाम्रा बालबालिकाको अवस्थामा निकै प्रगति भएको छ । हाम्रा बाबुआमाको पालामा अथवा हामी सबैको बाल्यकालकै तुलनामा पनि, नेपालका आजका बालबालिकाको अवस्था धेरै सुध्रिएको छ ।

म नेपाल छाडेर विदेश जा“दा यहा“ हरेक वर्ष४ लाख बालबालिका जन्मन्थे र तीमध्ये १ लाखको पा“च वर्षनपुग्दै मृत्यु हुने गथ्र्यो । तर पोहोर साल नेपालमा जन्मिएका झन्डै ८ लाख बालबालिकामा ५० हजारभन्दा कम मात्रको मृत्यु भयो ।

हरेक बच्चाको मृत्यु ज्यादै दुःखद नहुनु पर्ने घटना हो । तर हामीले हरेक वर्ष५० हजार बच्चाको ज्यान जोगाउनसकेकोमा खुसी नै मान्नर्ुपर्छ । नेपालले हिंसात्मक द्वन्द्वका बीचमा पनि बालबालिका र नवजात शिशुको मृत्युलाई कम गर्ने कुरामा ठूलो फड््को मारेको छ । यसैका कारण पा“च वर्षनपुग्दै हुने बाल मृत्युदर घटाउने सहस्राब्दी विकास लक्ष्यमा नेपालले छिमेकी देशको तुलनामा राम्रो प्रगति गरिरहेछ ।

पुरानो पुस्ताको तुलनामा अहिलेका वालवालिका बढी स्वस्थ, शिक्षित छन् । विश्वबारे निकै जानकार पनि छन् । तैपनि ६ दशकअघि नेपालकै बालबालिकाको जस्तो अवस्था रहेका मुलुकको दा“जोमा हाम्रा बालबालिका धेरै पछि छन् ।

दस वर्षो द्वन्द्वमा मारिएका हाम्रा १४ हजार दाजुभाइ तथा दिदीबहिनीको संझना हामी आ“खाबाट कति आ“सु झारेर गर्र्छौं – तर हरेक १४ सातामा, निरन्तर रूपमा, हाम्रै पहाड, तर्राई र सहरी भेगका १४ हजार बालबालिकाको ज्यान अहिले पनि गइरहेछ । यो तथ्यप्रति हामीले आपत्ति जनाएको जस्तो मलाई लाग्दैन ।

अहिले पनि नेपालमा हरेक १० मिनेटमा एउटा कलिलो निर्दोष बालकको ज्यान जान्छ अर्थात हरेक दिन १ सय ३० साना नानीहरु मृत्युको सिकार बनिरहेछन् । यो गम्भीर राष्ट्रिय समस्याको सानो झिल्कोमात्र हो । यस्तो मृत्युका पछाडि अझ ठूलो संख्यामा रोगी, कुपोषणबाट ख्याउटे बनेका, अपाङ्ग र शोषित बन्न पुगेका बालबालिका लाखौंको संख्यामा

छिपेका हुन्छन् ।

एक पटक सोचौं त, यो देशमा हरेक वर्षमर्नेे ५० हजार बालबालिका नेपालमा जन्मनुको साटो ६० वर्षघि नेपालकै जीवनस्तरको हाराहारीमा हुने सिंगापुर अथवा दक्षिण कोरिया वा थाइल्यान्ड अथवा मलेसियाजस्ता मुलुकमा जन्मिएका भए उनीहरूमध्ये कम्तीमा पनि ४५ हजारको ज्यान जोगिन्थ्यो ।

यो हाम्रो लागि दुःख र लाजको कुरा होइन त – कति बालबालिकालाई नेपालमा जन्मनु मृत्युदण्ड दिएजस्तै रहेछ । जबकि उनीहरू ती मुलुकमा जन्मिएका भए उनीहरूका लागि जीवन वरदानजस्तै हुन्थ्यो †

नेपाल र अरू देशमा किन यत्रो फरक – यसको कारण बुझन त्यति गाह्रो छैन । त्यो ठूलो फरक यसकारणले भएको हो, ती मुलुकले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र हितका लागि निकै बृहत् र निरन्तर रूपमा लगानी गरे । हामीले अहिलेसम्म पनि त्यसो गर्नसकेका छैनौं ।

नया“ नेपाल निर्माणमा जुटिरहेका बेला हामीले आशा राख्नर्ुपर्छ- सफलताका प्रत्यक्ष उदाहरण बनेका देशका अनुभवबाट हामीले केही सिक्नेछौं । अरू असफल सावित भइसकेका देशका गल्तीलाई हामीले दोहोर्‍याउने छैनौं ।

हामी हाम्रो मुलुकमा क्यान्सरको रूपमा रहेको भ्रष्टाचारको आलोचना निकै गर्र्छौं । तर हाम्रो देशलाई एउटा अर्को भयङ्कर क्यान्सरले पनि च्यापेको छ । त्यो हो- कार्य अक्षमता र लगानीको दुरुपयोगको क्यान्सर । यसले गर्दा हाम्रा युवा निरुत्साहित हुन्छन् । उनका परिवारलाई ठूलो बोझ पर्छ र देशको ठूला जनशक्ति त्यतिकै खेर गइरहेको छ ।

विचार गर्नुस्, गतवर्षएलएलसी परीक्षामा सामेल भएका विद्यार्थीमध्ये आधा फेल भए । यस्तो परिणाम हरेक वर्षआउने गर्छ । एलएलसी परीक्षामा मात्र नभई, प्राथमिक तहदेखि विश्वविद्यालय परीक्षासम्म यस्तै हुन्छ । यस किसिमको असफलता विद्यार्थीको आत्मसम्मानमा गम्भीर चोटमात्र नभई, गरिब परिवारले गरेको ठूलो लगानीको नाश हो । र्सार्वजनिक कोषको नोक्सानी हो ।

यस प्रकारको असफलता र जनशक्ति खेर जाने कुरा विकसित मुलुकका निम्ति एकदमै अस्वीकार्य हुन्छ । तर हामीले यसलाई सामान्य रूपमा लिइरहेछौं । अझ हामी बालबालिकालाई त्यस्तो असफलतालाई सामान्य रूपमै स्वीकार्न सान्त्वना दिन्छौं ।

सफल हुन प्रोत्साहित गर्नुको साटो हामी हाम्रा बालबालिकालाई हरुवाको रूपमा स्वीकार्न सिकाइरहेछौं । यो कुरा नया“ नेपालमा परिवर्तन गर्नुपर्छ ।

मेरो बाल्यावस्थामा केटीहरू विद्यालय जानु भनेको अनौठोजस्तो लाग्थ्यो । अहिले यो एकदम आम प्रवृत्ति भएको छ । अझै पनि हामीले विशेषगरी केटीहरूलाई कम्तीमा पनि प्राथमिक तहको पढाइ पूरा नगरेसम्म विद्यालयबाट बाहिरिन नदिन धेरै बढी मिहेनत गर्नु जरुरी छ । द्वन्द्वबाट प्रभावित बालबालिकालाई उनीहरूको बालापन पुनः फर्काउन शिक्षा एउटा छिटो र प्रभावकारी तरिका हो । नया“ नेपाल बनाउनका लागि बालबालिकालाई सबल पार्नेर् र उनीहरूलाई ज्ञान, सीप र अत्मविश्वासले भरिपर्ूण्ा गराउने महत्त्वपर्ूण्ा उपाय पनि शिक्षाको विकास नै हो । साथै आफ्ना नागरिकका आवश्यकता परिपर्ूर्ति गर्ने सरकारी प्रतिबद्धताको एउटा महत्त्वपर्ूण्ा मापदण्ड पनि गुणस्तरिय शिक्षा नै हो ।

शिक्षामा दर्ीघकालीन प्रभाव पार्न र हाम्रो आउ“दो पुस्तालाई सशक्त पार्न हामीले बालबालिकामाथि उनीहरू धेरै सानै छ“दादेखि लगानी सुरु गर्नुपर्छ । एउटा कुरा विचार गरौं, मानिसको ८० प्रतिशत मस्तिष्कको विकास बाल्यकालको पहिलो १८ महिनाभित्र भइसक्छ । त्यसैले एउटा बालक उसको पर्ूण्ा मानवीय क्षमतायुक्त भएर विकसित हुने हो अथवा ऊ ढिलो सिक्ने, जीवनमा केही गर्न नसक्ने वा जिन्दगीभर लोसे भइरहने हो – धेरै मात्रामा विद्यालय जानु अगाडिका पहिला केही वर्षा बालबालिकाको भाग्यरेखामा लेखिइसकेको हुन्छ ।

शिशु अवस्थामा कुपोषण, रोगव्याधी र राम्रो हेरचाहको अभावका कारणबाट हुने क्षतिको असर प्रायः जीवनभरसम्म रहिरहन्छ । त्यसैले धेरैजसो विकसित मुलुकले बालबालिकाको शिशु अवस्थाको विकासका लागि प्रशस्त लगानी गर्ने गर्छन् । नेपालका झन्डै आधाजति बालबालिका गम्भीर कुपोषणबाट पीडित छन् । तर अझसम्म हामीले यसबारे प्रभावकारी कार्यक्रम चलाउनसकेका छैनौं ।

आजभोलि नेपालका युवा निकै बोल्नसक्ने भएका छन् । स्कुलमा पढ्ने विद्यार्थीहरू पनि आफ्ना विचार र मागहरू राख्न सक्छन् । तर साना केटाकेटी र विद्यालय जाने उमेरभन्दा कम उमेरका बालबालिकाको न आवाज हामीले सुन्छौं, नत उनीहरूको भोट नपाउने डरले समवेदनशील नै हुन्छौं ।

त्यसैले आशा गरौं, सचेत राजनीतिक तथा नागरिक समाजका अगुवा भएका नातालेे हामीहरू आफ्नो कुरा राख्नसक्ने विद्यार्थी र युवाका मागलाई मात्र ध्यान दिने होइन आवाजविहीन साना नानीहरूको रक्षक र प्रतिनिधि हुन पनि तत्पर छौं । बालबालिकालाई प्राथमिकता दि“दा उनीहरू र महिलाको हित तथा सशक्तिकरण गा“सिएको हुन्छ । यसमा हामीले विशेष ख्याल गर्नुपर्छ । अहिले नेपाल समावेशी लोकतान्त्रिक युगमा प्रवेश गरिसकेको छ । महिलाको उचित प्रतिनिधित्व, सहभागिता र सशक्तिकरण हाम्रा राष्ट्रिय मुद्दामा निकै माथिल्लो स्थानमा परिसकेको छ । मानवअधिकार र मानव विकासका प्रयासहरू दुवैका लागि नया“ नेपालले महिलाको सशक्तिकरणलाई उच्च प्राथमिकता दिनर्ैपर्छ ।

एकपटक स्मरण गराउन चाहन्छु, महिलाको सशक्तिकरणका लागि सबभन्दा दर्ीघकालीन र दिगो कार्य भनेको पनि उनीहरू सानो छ“दा याने बालिकाको विकासमा व्यापक लगानी गर्नु नै हो । विश्वव्यापी रूपमा गरिएका अनुसन्धानलेे देखाएका छन्, एक पुस्ताबाट अर्को पुस्तामा र्सर्ने गरिबीको चक्र तोड्ने सबभन्दा प्रभावकारी तरिका भनेको बालिकाहरूको स्वास्थ्य र शिक्षामा गरिएको लगानी हो ।

हामीलाई थाहा छ, एउटी शिक्षित युवतीले अलिक ढिलो नै बिहे गर्छिन् । उनले केही समयको अन्तरालमा मात्र गर्भधारण गर्छिन् । उनले आफ्नो बच्चा र आफू स्वयम्का लागि चिकित्सासेवा लिन सक्छिन् । उनले बालबालिकाको राम्रो हेरचाह र पोषणको व्यवस्था गर्न सक्छिन् र आफ्ना बालबालिकालाई विद्यालय पठाउ“छिन् ।

त्यसैले पुस्तौंसम्म र्सर्दै जाने गरिबीलाई रोक्ने सबभन्दा निर्ण्ाायक लगानी बालिकाको गुणस्तर शिक्षा नै हो ।

नया“ नेपाल निर्माणका विषयमा हामी सबैस“ग धेरै विचार र सुझाव छन् । हामी सबै विचार तथा चाहना तत्कालै कार्यान्वयन हुन् भन्ने चाहन्छौं । हामीले के कुरा बिर्सन हुन्न भने हाम्रा कतिपय राम्रा सोच र प्रस्तावहरू यो देशको राजनीतिक प्रणाली र शासन पद्धतिको विषयमा टुङ्गो नलागुन्जेल थाती लाउन सक्छौं, पर्खन सक्छौं, तर बालबालिकाको आवश्यकतालाई भने हामीले ढिलासुस्ती गर्न पटक्कै मिल्दैन ।

जिन्दगीमा बालबालिका हर्ुकने र बढ्ने एउटैमात्र अवसर हुन्छ । यदि उनीहरूले त्यो अवसर गुमाए भने उनीहरूको जीवन डुब्न सक्छ ।

त्यसैले सबैले आफूलाई लागेका महत्त्वपर्ूण्ा राजनीतिक उद्देश्यका लागि चक्काजाम, हड्ताल इत्यादिकोे आह्वान गर्नुभन्दा पहिले त्यसले बालबालिकाको भविष्यमा के असर पार्ला भन्ने सोच्नर्ुपर्छ । साथै विद्यालय र स्वास्थ्यकेन्द्रहरूलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्ने हाम्रो समग्र प्रतिबद्धतालाई पनि कदापि बिर्सनुहुन्न ।

अहिलेसम्म निस्केका राजनीतिक पार्र्टर्ीीो चुनावी घोषणपत्रहरू सरर्सर्ती पढे“ । ती घोषणामा पार्टर्ीीले महिला, बालबालिका र अन्य उपेक्षित समूहका आवश्यकतालाई प्राथमिकताको सूचीमा राखिएकोमा बधाई दिन्छु । के कुरा नबिर्र्सौं भने उपेक्षित र उत्पीडित समूहहरूबीच पनि उनीहरूका बालबालिकाको आवश्यकतालाई सबभन्दा बढी प्राथमिकता दिनर्ुपर्छ ।

बालअधिकार महासन्धिले हरेक बालबालिकाको शारीरिक, मानसिक र सामाजिक रूपमा आफ्नो पर्ूण्ा क्षमताअनुसार विकसित हुन पाउने अधिकारलाई मान्यता दिएको छ ।

त्यसले हिंसा, शोषण र भेदभावबाट जोगिन पाउने अधिकार र आफ्नो भविष्यमाथि प्रभाव पर्ने निर्ण्र्ाारूमा बालबालिका सहभागी हुन पाउने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपालको आगामी संविधानमा यी अधिकार समावेश गरिनु अति आवश्यक छ । नया“ संविधानतर्फपाइला सार्दा नेपालको अन्तरिम संविधानमा लिपिबद्ध गरिएका बालअधिकार सम्बन्धी केही प्रगतिशील प्रावधानलाई निरन्तरता दि“दै नया“ संविधानमा पनि ती अधिकारलाई समावेश गर्न पार्टर्ीीले नेतृत्व लिनेछन्  भन्ने आशा गरौं ।

राजनीतिक दलहरूद्वारा संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि नेपालका बालबालिकाले नै अगाडि ल्याएको सोच हो । पोहोर साल नेपालभरका बालबालिका “नया“ संविधानमा बालबालिकाको अधिकार” विषयमा राष्ट्रिय परामर्श कार्यक्रममा सहभागी भएका थिए ।

त्यस कार्यक्रम ६३ जिल्लाका बालक्लब स्तरबाट सुरु भएर पछि सबै गाविस, जिल्लास्तर हु“दै सन् २००७ को डिसेम्बरमा ६३ जना बालबालिकाको एउटा समूहले १२ बु“दे घोषणा जारी गरेपछि राष्ट्रिय स्तरमा आइपुगेको थियो । संयुक्त घोषणापत्र तिनै बालबालिकाको १२ बु“दे घोषणापत्रमा आधारित रहेर निर्माण गरिएका दस्तावेज हो ।

हाम्रो प्रतिबद्धता- बालबालिकालाई पहिलो प्राथमिकता †

(युनिसेफका पुर्व उपकार्यकारी निर्देशक गौतमले हालै राजधानीमा ‘बालबालिकाको घोषणापत्रमा हस्ताक्षर कार्यक्रम’को उद्घाटन सत्रमा दिएको मन्तव्यको प्रमुख अंश ।)