नेपालको गुल्मि जिल्लाको एउटा सानो गाउमा जन्मेर संयुक्त राष्ट्रसंघका सहायक जनरल सचिव र युनिसेफका सह कार्यकारी निर्देशक पदमा सम्म पुग्ने एउटा नेपाली कुल चन्द्र गौतम संयुक्त राष्ट्र संघ र युनिसेफका एक शक्तिशाली ब्यक्तित्व हुनुहुन्छ । वहांले संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालय न्युयोर्कमा वसेर नितीगत योजना, अनुशन्धान, विकास कार्यक्रम निर्माण, विकासमा विभिन्न साझेदार संस्थाको सहभागिता सम्वन्धी आदी विषयको जिम्मेवारी लिनुभएको छ । १९७३ मा युनिसेफको प्रोग्राम अफिसरवाट युएनको सेवा शुरु गर्नुभएका गौतमले अमेरिकाको हार्डभर्ड र र्डार्टमाउथ कलेज, प्रिन्सटेन युनिभर्सिटी वाट उच्च शिक्षा हासिल गर्नु भएको थियो । उहां वेलायतको छोटो भ्रमणमा आउनुभएको वेला वेलायतवाट प्रकाशित हुने साप्ताहिक पत्रिका गोरखा मिररका दिपक न्यौपाने, हरिहर पोखरेल तथा मनिस श्रेष्ठले उहांसंग वर्तमान नेपालको स्थितिका वरेमा लिईएको अर्न्तवार्ताको महत्वपर्ूण्ा अंश ।
प्रश्नः अहिले नेपालमा भईरहेको जनयुद्ध र सामाजिक विचलनको मुख्य कारण के होला प्रकाश पारी दिनुहुन्छ की?
-अहिलेको जनयुद्धलाई विचार गर्दा उनिहरुले उठाएका मुद्दाहरु राम्रा देखिन्छन । उनीहरुले उठाएका कुराहरु सामाजिक असमानता, सामन्तवादी संस्कार, गरिवी र असमान वितरण आदी वर्तमान नेपालको पर्रि्रेक्षमा ब्यापक रहेको र तिनको समाधान गन सत्ता सम्हालेर वसेको राजनैतिक पार्टर्ीी विमुख भएको सर्न्दर्भमा जायज देखिन्छ । तर उनीहरुले समाधानका लागी लिएको वाटो भने ठिक छैन, मानिसहरुको अपहरण हत्या, गाउवाट निकाला, नाकावन्दी जस्ता कार्यहरु जस्ता कुराहरुले उनिहरुले खोजेको परिवर्तन के हो यसले जनताको भावना जित्न सकेको छैन । संसारवाट परम्परागत कम्युनिष्ट शासन प्रणाली हर्राईसकेको केही राष्ट्र उत्तर कोरिया, क्युवा जस्ता राष्ट्रमा मात्र सिमित रहेको र्सर्न्दभमा नेपालका माओवादीले उठाएको मुद्दा कति जायज छ र उनीहरुले कुन हद सम्म त्यसलाई प्रयोग गर्न सक्छन भन्ने कुरा अझै प्रष्ट छैन, उनीहरुले सोचेको शासन प्रणाली अङगिकार गर्ने मुलुकहरुको वारेमा विश्लेषण गर्ने हो भने वर्लिनको पर्खाल सदाको लागी भत्किइसकेको छ, साभियत फेडरेशनमा ठूलो परिवर्तन आइसकेको छ र अन्य मुलुकहरु राजनैतिक र सामाजिक पर्ुनसंरचनामा हिडीरहेको पर्रि्रेक्षमा माओवादीले लिएको बाटो संसारवाटनै वाहिरी सकेकोले उनीहरुको पलायन वादी सोचाईले कुनै निकासा दिन सक्दैन । वरु उल्टै फौजी संस्कारमा विकास हुदै सिङगो मुलुकनै खतरनाक रुपमा सैन्यवाद तिर उन्मुक्त भईरहेको छ । उनीहरुको विचारधारा उनीहरुले अवलम्वन गरेको तरिकाले नेपालको वर्तमान गरिवी र शोषण निर्मुल गर्ने उद्देश्यको परिपर्ूर्ती हुन सक्दैन उनीहरुले राम्रो कामको लागी गल्ती वाटो अगालीरहेका छन जुन भयावह र डरलाग्दो छ । सरकार र माओवादीहरुको आधारभूत फरक छन, तिनीहरुको साझा उद्देश्य भएपनि फरक सोचाइको कारणले अहिलेको स्थितिमा सुधारको कुनै संकेत मिल्दैन ।
प्रश्नः सरकार र माओवादीको साचाई र गर्राईमा आधारभूत रुपमै ठूला दरार छ, यदी यो दरार रही नै रहने हो भने वर्तमान समस्याको समाधान के हुन सक्छ?
– माओवादीको विचार पनि नराम्रो त होईन तर सबै जनार् इमान्दार त हुनु परयो नी । संविधान सभा द्धारा देशको शासन पद्धती चलाउनु भन्नु त ज्यादै राम्रो पक्ष हो संसारका ठूला ठूला प्रजातान्त्रीक मुलुकहरुले पनि संविधान सभाको चुनाव गरेेर प्रजातान्त्रीक शासन प्रणाली संचालन गरेका छन, रहयो कुरार् इमान्दारिताको । के माओवादर्ीर् इमान्दार छन संविधान सभाको चुनाव हिंसा रहित, धांधली रहित गर्नलाई – अर्को पक्ष सरकार के संविधान सभाको चुनावको लागी विना शर्त तयार हुनसक्छ – त्यसकारणले यी अनुत्तरित प्रश्नहरुको जवाफ पहिला आउनु परयो अनि सवर्ैर् इमान्दार भएर देश र जनताको लागी सोच्नु परयो तब समस्याको समाधान हुनसक्छ , तर यहां सवै शक्तिहरु सैन्यकरण तिर उन्मुक्त भईरहेको परिस्थिति छ ।अब अहिलेको वर्तमान स्थितीको कुरा गर्ने हो भने वार्ताका प्रयास भएपनि प्रकृया पर्ूण्ा रुपमा अवरुद्ध छ । दर्ुइ शक्तिहरुको धारणा र विचार दर्ुइ धु्रव तिर फर्केका छन । साझा सहमतीको विन्दु अझै भेटिएको छैन । साझा सहमतीको विन्दु भेटिना साथ यो समस्या समाधान हुन्छ भन्ने आशा गरौं । तर हामीले विश्लेषण गरौं माओवादीको कायक्षेत्र तय गरेका क्षेत्रहरु, के त्यहां प्रजातन्त्रको आभ्यास पाइन्छ – अरु पार्टर्ीी कार्यकर्ताले काम गर्न सक्छन – त्यसैले राजनीतिक पार्टर्ीी राजा समेतालाई विश्वास छैन माओवादी इमान्दार वनेर प्रजातान्त्रीक परिपाटीलाई अगाडी वढन दिन्छन भन्ने कुरामा त्यसैले उनीहरु सशंकित छन ।
युएनसंग कुनै जादु छैन नेपालको समस्या तुरुन्त समाधान गर्ने, तर यस्को अनुभव र विगतमा गरेका काम हर्ेर्ने हो भनेा युएनले नेपालको वर्तमान समस्याको समाधानको लागी रचनात्मक सहयोग भने गर्न सक्छ । युएनको प्रत्यक्ष संलग्नतामा विश्वका धेरै मुलुकमा चुनाव भएको छ भने नेपालमा हुन नसक्ने त कुरै भएन तर सरकारले सहयोग माग्नु परयो । युएनले सरकारलाई दवाव दिन सक्दैन सरकार नै यस मामिलामा सचेत हुनु परयो । युएनले केवल मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न सक्छ यस्को लागी दुवै व्रि्रोही पक्ष र सरकार जिम्मेवार रुपमा प्रस्तु हुनु परयो ।
प्रश्नः अहिलेको परिस्थिति विगतमा नेपालको राज्यसत्ता संचालन गर्न जिम्मेवारी पाउनेहरुको गलत ढंगका शासन ब्यवस्था संचालन गर्नाले भएको होईन?
– यस्को अपजसको भागेदारी सवै छन कुनै ब्यक्ती विषेश वा पार्टर्ीीन्दा । सत्तामा वस्नेले भ्रष्टाचारमा लाग्ने, अधिकारको दुरुपयोग गर्ने र राज्य संचालन नियमपर्ुवक गर्न नसक्नु त एउटा मुख्य कारण हो जुन सवैलाई थाहा नै भएको कुरा हो । तर विपक्षीहरुले पनि आफनो भूमिका निर्वाह गर्न सकेनन । रचनात्मक विपक्षीको भूमिका भन्दा सरकार ढाल्ने खेलवाट अभ्रि्रेरित विपक्ष पनि वर्तमान परिस्थिकिो त्यतिकै भागिदार छन । यो सवै कारण राजनैतिक अनुभवको कमी र परिमार्जित राजनितिक संस्कारमा विकास हुन नसक्नाले हो । इटालीको उदाहरण लिउ त्यहां सरकार ढल्ने वन्ने प्रकृया नेपालमा भन्दा वढी छ तर समस्या चाही कम हुन्छ किनकी एक त उनीहरु विकसित देश अर्को लामो राजनैतिक अनुभव र जिम्मेवारीले गर्दा साधरण जनतालाई कहिल्यै पनि ठूलो असर पर्दैन ।
नेपालमा प्रजातन्त्र केन्द्रमा भन्दा गाविस र जिल्लामा वढी संस्थागत हुदै गईरहेको थियो अवको दश वर्षा गाउवाट खारिएर आएका नेता कार्यकर्ताले केन्द्रीय सरकार हाक्थे, त्यो स्थितिमा स्थाई प्रजातान्त्रीक परिपाटीका ब्यवस्थापन हुनेे थियो त्यो सवै अहिलेको जनयुद्धले तहस नहस वनाई दियो ।
प्रश्नः २०४७ सालको संविधान त्रिपक्षिय शक्ति सम्झौतावाट आएको हो भनिन्छ, शक्ति सन्तुलनको क्रममा दर्ुइवटा शक्ति नेपाली कांग्रेस र वामपन्थि शक्तिहरुले सत्ता संचालन गरिसकेको र तेश्रो शक्ति वाहिर वसेकेा र्सर्न्दभमा सत्ता ढाल्ने खेलमा तेश्रो शक्ति नेपथ्यामा सक्रिय त भएको होइन?
– मलाई थाहा छैन, त्यसो भनेको सुनिन्छ । भूमिगत गिरोह भनेको सुनेको छु । तर यस्को वारेमा मलाई त्यती थाहा छैन । तर जहांसम्म राजा विरेन्द्रको कुरा छ, उहां सांच्चिकै जनप्रिय, लिवरल र राजनितिक खेलवाट टाढा वस्ने राजा जस्तो लाग्छ । अहिलेको अवस्थामा चाही कतै खेल खेलेको आभासा पाईन्छ ।
प्रश्नः असोज १८ गतेको घटना पछि दरवारले आफनेा संस्कारमा परिवर्तन नगर्दै राजनितीमा हात हाल्यो भनिन्छ दरवारले राजनितीमा हात हाल्नु ठिक हो र?
-मलाई यसवारे भन्न गाह्रो छ । शुरुमा राजाको विचार राम्रै देखिए पनि दर्ुइ वर्षो अन्तरालमा राजाको कृयाकलापलाई जनताले त्यती सजिलो महसुस गरेका छैनन । जुन अहिलेको स्थितिमा संवेदनशील प्रश्न हो ।
प्रश्नः वर्तमान नेपालमा शान्तिको पर्ुनवहाली गर्ने सर्न्दर्भमा नेपालको सरकार, माओवादी व्रि्रोही तथा अरु शक्तिहरुलाई यहांले के सुझाव दिन चाहानुहुन्छ ?
-विगतको संसारमा शक्तिको लागी लडिरहेका मुलुकहरुको अनुभवले के देखाइरहेका छन भने, त्यो देश प्रगती पथमा लम्कन सक्छ जुन देशमा प्रजातन्त्र र मानव अधिकारको मूल्यको सम्मान हुन्छ । नेपालको सम्वन्धमा सवै श्री ५को सरकारको, श्री ५को, व्रि्राही माओवादी पार्टी तथा अन्य सवै राजनितिक दलको उद्देश्य एउटै छ खाली उद्देश्य प्राप्तिको माध्यममात्रै भिन्दे देखिन्छ । त्यसैले सवैले वुझनु परयो मानव अधिकार र प्रजातन्त्रका आधारभूत तत्व हुन त्यो उद्देश्य प्राप्तीको लागी, त्यसैका लागी मुलुकमा लर्डाई भएरहेको छ । त्यसपछि मात्र देश विकास र निर्माणको वाटोमा अगाडी वढन सक्छ ।
यदी देशमा शान्ति हुने हो भने र प्रजातन्त्र तथा मानव अधिकारको ग्यारेन्टी हुने हो भने अत्याधिक रुपमा नेपालको विकासमा वाहृय सहयोग आउछ । एउटा उदाहरण दिउ, वासिङटनमा हाईटीको विकासमञ्च दातृ समुदायको वेठकमा अर्न्तराष्ट्रिय रुपमा करिव १.१ विलियन डलर उपलब्ध गराउने वचनवद्धता ब्यक्त गरिएको थियो । त्यस्तै अफगानस्थानलाई ६ विलियन डलर र त्यती नै जसो क्याम्वोडियालाई सहयोग उपलब्ध गराउने अर्न्तराष्ट्रि समुदायले वचनवद्धता ब्यक्त गरेका छन । नेपाल पनि त्यही साइजको भएको र विदेशीहरुले नेपाल प्रती ज्यादा अभिरुची राख्ने भएकोले नेपालको विकासको लागी साधन र श्रोतको अभाव हुदैन । त्यसैले सवै स्तरका राजनैतिक कार्यकर्ता ग्रामीण स्तरदेखि केन्द्रसम्मकाले सोच्ने स्थिति आएको छ । हत्या काटमार र लर्डाई छाडेर सवैले साझा उद्देश्यको लागी शान्तिपूण रुपमा एकले अर्काको इज्जत गर्ने वातावरण वन्नु जरुरी भै सकेको छ ।
प्रश्नः नेपालमा विगतमा विभिन्न विकासका मोडेलहरु लागू भए, जस्तै, तीसको दशकमा गाउ र्फक अभियान, चालिसको दशकमा एकिकृत ग्रामिण विकास र पचासको दशकमा एन जि ओ सशक्तिरण जस्ता विकास संरचना प्रयोग गरियो तर समाज झन झन गरिवी तिर गईरहेको नेपाली जनताले महसुस गरेका छन, यहांको यो भनाईसंग के राय छ?
म नेपालवाट करिव चालिस वर्षवाहिर वसे, नेपालको विकास प्रकृयासंग त्यती नजिकिने मौका पाइन, मेरा भनाईहरु सतही हुनसक्छन विकासको कुरा गर्दा, तर मेरो विचारमा भने हामीले हर्ेर्ने दृष्टिकोणमा विकास प्रकृया भर पर्छ । मेरो विचारमा हामी नेपालीको हर्ेर्ने दृष्टिकोण नकारात्मक छ, नेपालमा विकासै नभएको भन्न मिल्दैन । नेपालको स्थिति भनिए जस्तो त्यती खराव छैन विकासको दृष्टिकोणले हर्ेदा, विगतमा भएका राम्रा कामको पनि मुल्याङकन हुनु परयो । नेपालमा विगतको तुलामा वाल मृत्यृदर घटेको, स्वास्थ्य र शिक्षामा राम्रो प्रगती भएको छ ,वाटा घाटा वढेका छन, संचार क्षेत्रमा उल्लेखनिय विकास भएको छ । प्रजातन्त्रको प्रभावा जनस्तर सम्म पुगेको थियो । त्यसैले विगतका विकास प्रयासहरु खेर गएका छैनन, अहिलेको यो व्रि्राहले सही वाटो पाउने हो भने विकसका क्रम अझ त्रि्र हुन्छन । माओवादीले समेत आवश्यक ठानेको भिटामिन ए वाडने प्रयास कायमै छ । त्यसैले हामीले हर्ेदा जहिले पनि सकारात्मक रुपमा हर्ेर्नु पर्दछ, नेपालको तुलनामा अरु देश जस्तै सोमलीया, अफगानस्तिान, आदी मुलुकहरु वियषम परिस्तितिवाट गुज्रिरहेका छन ।
अर्को पक्ष एमाले सरकारको पालामा लागु गरिएको आफनो गाउ आफै वनाउ भन्ने कार्यक्रम नेपालको र्सर्न्दभमा अति राम्रो कार्यक्रम हो, साधन र श्रोतको उपयोग स्थानिय स्तरमा स्थानिय जनताले गर्न पाउनु ज्यादै राम्रो पक्ष हो तर यो जनयुद्धले रोकिएको छ भने विगतको सरकारले स्थानिय निकायहरु खारेज गर्नु हुदैनथ्यो । साधन र श्रोत सोझै केन्द्रवाट सम्वन्धीत ठाउमा पुग्ने यो ब्यवस्थाले स्थानिय स्तरमा प्रजातन्त्रीक प्रकृयावाट आफनो योजना ब्यवस्थापन गर्ने तरिकामा विकास भईसकेको थियो ।
प्रश्नः तपाई युनिसेफको उच्च ओहदामा रहनुभएको ब्यक्ती, अहिले नेपालमा एउटा नारा छ, सन २०१५ सम्म सवैलाई शिक्षा भन्ने, जसको मुख्य साझेदार युनिसेफ पनि हो यस्तो विषम परिस्थितिमा अब वांकाी समयवधीमा कसरी उक्त उद्देश्य परिपर्ूर्ती हुन्छ ?
हो युनिसेफले नेपालको शिक्षाको विकासमा महत्वपर्ूण्ा सहयोग पुरयाएको छ । तर सवैको लागि शिक्षा कार्यक्रमको उद्देश्य उपलब्धिको कुरामा हो भने, यदी वर्तमान संर्घष्ा टुङगिएन भने यो कार्यक्रमको कुनै औचित्य छैन, तर समस्या समाधान भएर अहिलेको स्थिति तुरुन्त शान्तिमा वदलियो भने कार्यक्रम संचालन गर्ने मौका पाएमा पुरा हुन सक्ने संभावना भएता पनि सजिलो चाही छैन ।
सवैलाई जगजाहेर भएकै हो माओवादी युद्धको प्रभाव सवभन्दा वढी विद्यालय शिक्षामा परेको छ । गएका केही वर्षरुदेखि विद्यालयहरु पर्ूण्ा वन्द छन, हडताल भईनै रहेको छ, विद्यालय भित्र सेना प्रवेश गरिनै रहेको छ, माओवादीले विद्यार्थीहरु र शिक्षक अपहरण गरिनै रहेका छन । हामी यी सवै गतिविधी रेक्नका लागी सवै पक्षसंग अनुरोध गरिहेका छौं, विद्यालय क्षेत्र निर्धारण गरेर शान्ति क्षेत्र तोकौं, प्रहरी प्रशासन र माओवादीले यो जनयुद्धको लर्डाईमा ती क्षेत्रहरुको उपयोग नगरुन र विद्यालय स्वतन्त्र छोडिदिन हामीले वारम्वार अनुरोध गरेका छौं ।
शक्तिहरुको वीचको लर्डाईको केन्द्रविन्दु विद्यालय नवनाइयोस । नागरिक समाज अर्न्तराष्ट्रिय संघ संस्थाले समेत विद्यालयको हैसियतमा छोडिदिन अपिल गरिरहेका छन । विद्यालय जाने वच्चाहरुको दिमागमा गोला र वारुद भरिएको छ, विद्यालयिय शिक्षावाट वञ्चित भएको वर्तमान परिस्थितिमा विद्यालयलाई युद्धको केन्द्रविन्दु वनाइनु हुदैन भन्ने हाम्रो धारण छ ।
प्रश्नः नेपालवाट वेलायतमा आई वसोवास गर्ने नेपालीहरुले नेपाली भाषामा वेलायतवाट पत्रिका निकाल्ने प्रयास गरिरहेका छन यहांलाई यस्तो प्रयासहरु कस्तो लागिरहेको छ?
नेपालीहरुले विभिन्न विदेशी मुलुकमा राम्रो उन्नती गरेका छन, ब्यावसायीक काममा होस अथवा अन्य कुनै कामहरुमा होस नेपालीहरुले विशिष्टता हासिल गरेका छन । युके र युएस मा नै हेरयो भने अधिकांस डाक्टरहरुर्,र् इन्जिनियर, प्राविधिकहरुले ज्यादै राम्रो नाम कमाएका छन, तिनीहरुले जुन देशमा गएर वसेका छन त्यो देशको पनि राम्रोको लागी काम गरेका छन भने नेपालको विकासमा पनि त्यतिकै टेवा पुरयाएका छन ।
तपाईहरुको यो प्रयास सरहानिय छ, विदेशी भूमीमा वसेर नेपाली भाषामा पत्रिका निकाल्नु ज्यादै उत्साहपर्ण कुरा हो यसलाई अगाडी वढाउनु होला, मैले यहां पत्रकारिता क्षेत्रमा तपाईहरुको सहभागिता अमेरिकामा भन्दा वढी पाएं । सामजिक रुपान्तरण, सांस्कृतीक विकास र भाषाको विकास गर्ने काममा लागेको तपाईहरुको यो प्रयासले भावी पिढीलाई एउटा दिशा दिन सकोस ।